राष्ट्रपति भवनमा घटस्थापना

थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १२ हजार ४९८ जनामा परिक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप २५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ  । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९८ पुगेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ४ : ०५ बजे