साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद

काठमाडौं – सर्लाही, ईश्वरपुर नगरपालिका-४ सागरनाथस्थित जंगलबाट ३ थान भरुवा बन्दुक र १ बट्टा बन्दुकमा प्रयोग हुने बारुद सहित सोही ठाउँ ५२ वर्षीय रण बहादुर गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित सागरनाथ जंगलभित्र गोले सहित ५ जना व्यक्तिहरु सिकार गरिरहेको अवस्थामा प्रहरी चौकी फुलजोरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भरुवा बन्दुकबाट फायरिङ गरेपश्चात प्रहरीले समेत जवाफी हवाई फायर गरी उनीहरुमध्ये रणबहादुरलाई उक्त हातहतियार र प्रदेश नम्बर -२-०२-०३२ प २५२२ र बीआर ३० यू ४६७७ नम्बरको मोटरसाइकल र मरेको निल गाई सहित पक्राउ गरेको हो ।

हाल फरार रहेका अन्य ४ जनाको प्रहरीले खोजी गरिरहेको छ । निलगाईलाई सागरनाथ वन परियोजना कार्यालयलाई बुझाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : १० बजे