‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा

काठमाडौं । पशुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा बिहीबार आयोजित कार्यक्रममा नेपाललाई पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्नुभएको हो ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा नेपाल आत्मनिर्भर भएको हो ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा यी पशुपन्छीजन्य उत्पादन आयात शून्य भइसकेकाले यी उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरिएको हो ।

प्रत्येक नेपालीलाई प्रति वर्ष आवश्यक पर्ने ४८ गोटा अण्डामध्ये नेपालको उत्पादन ५५ पुगेको छ । मासु तथा माछाको आवश्यकता प्रतिवर्ष क्रमश १४ किलो रहेकोमा मासु १८ र माछा ३ दशमलव ५ किलो पुगेको । दूधमा आत्मनिर्भर हुन वार्षिक न्यूनतम ९१ लिटर प्रतिव्यक्ति दूध उपलब्ध हुनुपर्नेमा प्रतिव्यक्ति उपलब्धता ७९ लिटर रहेको मन्त्रालयले जनाएको छ । कार्यक्रममा कृषिमन्त्री पद्मा अर्यालले निकट भविष्यमा नै दुध र माछामा पनि आत्मनिर्भर हुने तयारी भइरहेको बताउनुभयो । उहाँले अब उत्पादनको खपत र बजार व्यवस्था गर्न सक्दा कृषिमा आत्मनिर्भर हुन सकिने प्रसस्त आधारहरु बनेको बताउनुभयो । अबको पाँचबर्षमा कृषि र पशुपक्षिका सवै क्षेत्रमा आत्मनिर्भर बन्ने मात्र होइन ठुलो संख्यामा निर्यात गर्न सक्षम हुने मन्त्री अर्यालले दाबी गर्नुभयो । 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १ : ३४ बजे