राष्ट्रपति भवनमा घटस्थापना

थप २१६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ७ हजार ६३१ जनामा परिक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप २०९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ  । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९६ पुगेको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ५ : १४ बजे