‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पाल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु

पाल्पा  ।  बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा यात्रुवाहक बस दुर्घटना हुँदा  सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 

लु२ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमा मृत्यु भएको र ८ जना घाइते भएको प्रहरीले जनाएको छ। 

बसमा ४० जना सवार थिए । बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ ।

घटनास्थलमा प्रहरी परिचालन भएर उद्धार कार्य जारी रहेको छ । थप विवरण आउन बाँकी  छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १२ : ०५ बजे