‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रचण्डलाई अझै माधवको आश : भन्छन् धारा ७६ (५) मा भेट हुनसक्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै नेकपाका बरिष्ठ नेता माधव नेपाललाई फकाउन सकृय ह्न्भएको छ  । दाहालले ओलीविरुद्धको आफूहरूको गठबन्धनमा माधवकुमार नेपालले धोका दिएको रूपमा अहिले नै बुझ्न नहुने भन्दै प्रधानमन्त्री केपी ओलीलाई बह्मत पुर्याउन नदिन फेरी चलखेल गर्ने संकेत दिन्भएको हो ् । 

कोरोनाविरुद्ध खोप लगाउन संसद भवन पुगेका दाहालले ओलीलाई बह्मत पुग्न नदिने संकेत गरेका हुन् ।  ‘माधव जीसँग अहिले भर्खर पनि कुरा गर्दैछौं । उहाँहरूभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरू आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै भएको हुनाले अहिले नै धोका दिनुभयो भन्नु बढी हुन्छ’, प्रचण्डको भनाई छ  ।

प्रचण्डले थप्नुभयो  ‘म आशा गर्छु उहाँहरू संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ ।’ पत्रकारको थप जिज्ञासामा उहाँले संविधानको ७६ ९५० मा पनि भेट हुनसक्ने जवाफ दिनुभयो  । संविधानको सो धारामा प्रधानमन्त्रीले ७६ ९४० अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा बहुमत पुर्‍याउँछु भन्ने कुनै सदस्यलाई राष्ट्रपतिले ५ अनुसार प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । जहाँ सांसदहरूलाई दलको ह्वीप लाग्दैन ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : २५ बजे