‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमालेका दुई पक्षबीच आज साँझ वार्ता हुने

काठमडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको विवादको विषयमा आज शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग छलफलका लागि वरिष्ठ नेता नेपालले आफु पक्षका ५ नेतासहित छलफल गर्न लाग्नुभएको हो ।

पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा दुई पक्षबीच छलफल गर्न आज साँझ छ बजेका लागि समय तोकिएको छ। छलफलमा माधव पक्षका नेताहरु भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुने तय भएको बताईन्छ ।

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष ओली र नेता नेपालबीच बिहीबार बूढानीलकण्ठ चपलीहाइटस्थित एक निजीनिवासमा चार घण्टा लामो वार्ता भएको थियो।  त्यसलगत्तै नेपाल पक्षले भन्दै आएको सामूहिक राजिनामा दिने योजनाबाट पछि हटेको थियो।

आज शुक्रबार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच छलफल भएको थियो।
 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : १२ बजे