दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

तासको खालबाट प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न व्यक्ति पक्राउ

सुर्खेत । जुवाको खालबाट जाजरकोट भेरी नगरपालिकाका निर्मित कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ  ।

सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरूलाई पक्राउ गरेको हो । 

आज बिहान उनीहरूलाई पक्राउ गरिएको प्रहरी बताएको छ । दुई लाख रुपैयाँ ताखको खालबाट बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ६ः०० बजे सम्मा मुचुल्का बनाउने काम थालेर ८ बजेपछि सबैको नाम सार्वजनिक हुने छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : २४ बजे