सन् २०२२ को पहिलो दिन भारतीय पर्यटकले जनकपुरधाम भरिभराउ

जनकपुरधाम । अङ्ग्रेजीको नयाँ साल सन् २०२२ को अवसरमा भारतीय पर्यटकहरूको  शनिबार जनकपुरधाममा घुइँचो लागेको थियो । 

भारत विहार राज्यको विभिन्न जिल्लाबाट हजारौँको सङ्ख्यामा भारतीय पर्यटकहरू बुधबार  जनकपुरधाम आएका थिए  । 

नयाँ वर्षको अवसरमा विश्व प्रसिद्ध  जानकी मन्दिरमा पूजापाठ गर्न तथा रमाइलो गर्न जनकपुरधाम आउने गरेका छन् । कोरोनाको कारण पछिल्लो दुई वर्षदेखि प्रभावित हुँदै आएको नयाँ वर्षमा यस पटक कोरोना सङ्क्रमण साम्य रहेकोले पनि अन्य वर्षको तुलनामा उच्च सङ्ख्यामा भारतीय पर्यटकहरू जनकपुरधाम आएका हुन् ।

नयाँ वर्षको अवसरमा स्वदेशी पर्यटकको सङ्ख्या पनि सामान्य दिनभन्दा बढी नै रहेको छ । नयाँ वर्षका सुरुवातको धर्मकर्मले गरेको खण्डमा जीवनमा सुख, शान्ति संवृद्धि प्राप्त हुने जनविश्वास रहेकोले पनि सर्वसाधारणको श्रद्धालु भक्तजनहरूले जनकपुरधाम आउने गरेको छ ।

जानकी मन्दिरका छोटा महन्त रामरोशन दासले अन्य वर्षको तुलनामा यस वर्ष भारतीय पर्यटकहरू उल्लेखनीय सङ्ख्यामा जनकपुरधाम जनकपुरधाम आएको बताउनुभयो । 

धर्म संस्कृतिप्रति आस्था राख्नेहरू नयाँ वर्षको सुरुवात पनि धर्मकर्म बाटै सुरु गर्न रुचाउने गरेको भारतीय श्रद्धालुहरू जानकी जीको शरणमा आउने गरेको उहाँले बताउनुभयो । 

भारतीय पर्यटकले जनकपुरका अधिकांश होटेल पनि भरिभराउ छन् । युवा उमेर समूहका बढी भारतीय युवाहरू जनकपुरमा आएका छन् । 

उनीहरूका कारण अहिले होटेल भरिभराउ भएको जनकपुरका होटेल व्यवसायीहरू बताउँछन् । भारतको विहार राज्य सरकारले रक्सी मदिराको बिक्री वितरण बन्द गरेकोले पनि धेरै जसो भारतीय युवा जनकपुरमा रमाइलो गर्न जनकपुर आउने गरेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ३१ बजे