एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

घुससहित सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सिमरा ।  बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार दिउँसो ७८ हजार नगदसहित नियन्त्रणमा लिएको छ। 

सेवाग्राहीसँग घुस लिएको आरोपमा हेटौंडाबाट खटिएको अख्तियारको टोलीले साहलाई कलैयाबाट नियन्त्रणमा लिएको हो।  

कलैया उपमहानगरपालिका-४ मा सेवाग्राहीसँग रकम लिइरहेको अवस्थामा साहलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताउनुभयाे। साहले बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम लिएको बताइएकाे छ। 

सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको टोली कलैया पुगेको थियो। रकम लिइरहेको अवस्थामा पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि हेटौंडा लैजाने तयारी भइरहेको सूचना अधिकारी गौतमले बताउनुभयाे । 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : १६ बजे