कांग्रेसले देशका सबै उद्योग तथा कलकारखाना बेच्यो : दुर्गा प्रसाईं

काठमाडौं – नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईंले नेपाली कांग्रेस नेतृत्वको सरकारले नै देशमा रहेका सबै उद्योग तथा कलकारखाना बेचेको बताउनु भएको छ ।

नेपाली कांग्रेसले २०४६ सालपछि सरकारको नेतृत्व गर्दै आएपछि मुलुकका सबै उद्योग तथा कलकारखाना बेचेको उपप्रमुख प्रसाईंले बताउनु भएको हो । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख प्रसाईंले मुलुकका सबै उद्योग तथा कलकारखाना बेचिएपछि नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो,"सरकारमा काँग्रेसको सत्तारोहण पश्चात देशका सबै उद्योग तथा कलकारखाना बेचिएपछि युवाहरुका लागि देशमा रोजगारी बन्द भयो र विदेश पलायन हुन बाध्य भए।" 

उहाँले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसम्मत ढंगले प्रतिनिधिसभा विघटन गरेको बताउनु भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ५३ बजे