रवि लामिछानेको आजपनि बयान लिइने

फेरि म्याद थप गर्न रविलाई अदालत ल्याइयो

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

रास्वपा र सहकारी पीडितको प्रदर्शनले अप्ठ्यारो पार्ने देखिएपछि अदालत खुले लगत्तै रवि र छविलाई अदालत उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ ।
सहकारी ठगी सम्बन्धमा गठन भएको संसदीय बिशेष समितिको सिफारिस अनुसार लामिछानेलाई
गत शुक्रबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेर कास्की लगेको थियो । तीन दिनका लागि थुनामा राख्न् अनुमति पाएकोले आज म्याद थप गर्न अदालतमा पेश गरेको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ११ : १४ बजे