‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप ३ सय ८२ मा कोरोना सक्रमण 

काठमाडौं । नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ९५९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३८२ जनाको नतिजा पोजिटिभ आएको हो । पाँच हजार सात नमुनाको पीसीआर परीक्षण गर्दा ३४२ र १५ हजार ९५२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । कोरोनाका कारण देशमा हालसम्म ११ हजार ५९४ जनाएको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २५२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख १२ हजार २१० पुगेको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ४ : ०५ बजे