शाइन रेसुङगा डेभलपमेन्ट बैंकले पनि कमायो १९ करोड १६ लाख नाफा

काठमाडौं । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको नाफामा २४.३७ प्रतिशतले वृद्धि भएको छ बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १९ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको सन्चालन नाफा १९.८३ प्रतिशतले बढेर ३५ करोड २० लाख रुपैयाँ कमाइ भएको छ भने ब्याज आम्दानी २८.८४ प्रतिशतले वृद्धि हुँदै ६५ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ११ प्रतिशतले घटेर ३९ करोड ४० लाख रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ४४ करोड २९ लाख रुपियाँ रहेको थियो । बैंकको कुल चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ छ । भने प्रतिशेयर आम्दानी २० रुपैयाँ १४ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ०३ पैसा रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ११ : ३१ बजे