दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लागु औषधसहित चार युवा पक्राउ

जलेश्वर । प्रहरीले गए राति लागु औषधसहित चार युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय वीरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

गए राति करिब ८ बजे भारतको विहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरूलाई औरही नगरपालिका–४ स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागु औषधसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ ।उनीहरूलाई आज बिहान  जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाएको बताइएको छ । रासस

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ११ : ४९ बजे