कर्णालीका नौ जिल्लामा एमाले अधिवेशन, आज प्रतिनिधि छानिँदै

सुर्खेत। कर्णाली प्रदेशका नौ जिल्लामा नेकपा (एमाले) को जिल्ला अधिवेशनका लागि आज शनिवार प्रतिनिधि छनोट गरिँदै छ । 

पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गर्न लागिएको हो ।

कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुम पश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा आज प्रतिनिधि छनोट हुने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिनुभयो। 

जुम्ला जिल्लामा भने भोलि मात्र जिल्ला प्रतिनिधि चयन हुने जनाइएको छ ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ११ : ०५ बजे