मुक्तकम्लरीको पढाइलाई १५ लाख विनियोजन

तुलसीपुर । दाङको लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले  रु १५ लाख बजेटको व्यवस्थापन गरेको छ ।

यसअघि सरकारले छात्रवृत्ति व्यवस्था नगर्दामुक्तकम्लरीको पठनपाठनमा समस्या हुने गरेको थियो ।

अहिले लुम्बिनी प्रदेश सरकारले सो बजेट व्यवस्था  गरेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित चौधरीले बताउनुभयो । 

यसअघि, सरकारले दिँदै आएको छात्रवृत्ति कटौती गर्दा विद्यार्थीलाई पढाइ छोड्ने अवस्था आएको थियो । तीनै तहको सरकार बीचमा समन्वय नहुँदा यस्तो समस्या आएको थारु अगुवा माधवराज चौधरीले बताउनुभयो । अब भने प्रदेश सरकारले बजेट छुट्याएपछि केही सहज हुने उहाँको भनाइ थियो । अहिले सोही छात्रवासमा ४६ पूर्व कम्लरीले अध्ययन गरिरहेका छन् ।रासस

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ४० बजे