आज अङ्ग्रेजी नयाँ वर्ष, टोपी दिवस पनि मनाइँदै

काठमाडौँ । आज १ जनवरी २०२२ अर्थात् अङ्ग्रेजी नयाँ वर्ष ।  आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाइँदै छ। 

विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेको छ ।मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।

राष्ट्रिय पोसाक संरक्षण महा–अभियान नेपाल, स्वतन्त्र राष्ट्र प्रेमी अभियान नेपाल, जागरूक युवा अभियान नेपाल, गुन्यु चोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महा–अभियान नेपाल लगायतका सङ्घसंस्थाले राजधानीको माइतीघरमा भेला भएर उक्त दिवस मनाउने गरेका छन् ।

अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्‍याउने उद्देश्यले टोपी दिवस मनाउन लागेको कार्यक्रमका युवाहरूले बताएका छन् ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : ०७ बजे