सल्लाह नगरी फरक मत राखेकोमा प्रचण्डको असन्तुष्टि 

काठमाडौं – लेखनाथ न्यौपानेले सल्लाह नै नगरी फरक मत राखेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

माओवादी बन्दसत्रमा सल्लाह नै नगरी न्यौपानेले फरक मत राखेको भन्दै दाहालले आफूले उनको फरक मतलाई फरक मतकै रुपमा लिने बताएका छन् । उनको मतलाई केन्द्रीय दस्तावेजमा राख्नेकी नराख्ने भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । केन्द्रीय  कमिटीमा भएर पनि छलफल नगरेको प्रचण्डको गुनासो थियो ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : ०३ बजे