पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई रूपन्देही पठाइएको छ । उनलाई आज बुटवल पठाइएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि जोशीलाई पोखराबाट बुटवल लगिएको हो ।
जोशीलाई प्रहरीले असोज ६ गते काठमाडौंमा पक्राउ गरेर कास्की लगेको थियो।
प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ५ : १५ बजे
प्रतिक्रिया