सुनको मूल्यमा नयाँ कीर्तिमान

अमेरिकीमा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

अमेरिका । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड(१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।  सघन उपचार एकाई आईसीयूमा ७८५ बेडहरू भरिभराउ छन् ।  जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले  उक्त जनाकारी दिएको बिहीबार सीएनएनले जनाएको छ। 

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड(१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८ प्रतिशत आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२५ कोभिड(१९का बिरामीहरू छन् ।

अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ५ : ४५ बजे