गण्डकीको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त

पोखरा । गण्डकी प्रदेश सरकारमा रिक्त वन तथा वातावरण मन्त्रालयमा भेषबहादुर पौडेल नियुक्त भएका छन् ।

लमजुङका पौडेललाई मुख्यमन्त्री सुरेन्द्रराज पौडेलले मन्त्री नियुक्त गरेका हुन् । स्वतन्त्र सांसद राजीव गुरुङले राजीनामा दिएपछि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्दै आएका थिए ।

नवनियुक्त मन्त्री पौडेल काँग्रेसका हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १ : ३२ बजे