प्रचण्डले गरे आफ्नै टाउकोमा आगो लगाउने उद्घोष

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परि आए आफ्नै टाउकोमा आगो लगाउन पछि नपर्ने बताएका छन् ।

आठौँ महाधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिँदै दाहालले कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै जरुरी पर्दा आफू आफ्नै टाउकोमा आगो लगाउन पनि पछि नपर्ने बताएका हुन् । ‘मलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन ’प्रचण्डको भनाई थियो ।

बन्द सत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले माओवादीले अहिलेसम्म छलाङ हान्दै आएको बताउँदै अब आवश्यक परे आफ्नै टाउकोमा आगो लगाएर हिंडन तयार रहेको बताए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ४ : ०३ बजे