सुनको मूल्यमा नयाँ कीर्तिमान

चिनियाँ विदेशमन्त्री वाङ यीले अफ्रिकी र एसियाली राष्ट्रको भ्रमण गर्ने

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी केही अफ्रिकी र एसियाली राष्ट्रको भ्रमणमा जानुहुने भएको छ । उहाँले यही जनवरी महिनाको ४ तारिखदेखि ७ सम्म ती देशको भ्रमण गर्न लाग्नुभएको हो । उहाँ अफ्रिकाका इरिट्रिय, केन्या, कोमोरोसको भ्रमणमा जान लाग्नुभएको हो । चीनका विदेशमन्त्रीले नयाँ वर्षको सुरुमा अफ्रिकी देशहरुको भ्रमण गर्ने प्रचलन नै रही आएको बताइएको छ ।
 
त्यसपछि उहाँले दक्षिण एसियाली मुलुक श्रीलंका र मालदिभ्सको पनि भ्रमण गर्नुहुने भएको बताइएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले बिहीबार सो विषयमा जानकारी दिनुभएको हो । बिहीबार सो मन्त्रालयको नियमित पत्रकार भेटघाट कार्यक्रममा विदेशमन्त्री यीको यस भ्रमणका बारेमा जानकारी दिनुभएको हो ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १ : ३२ बजे