जीवी राईको साटो किन निस्क्यो गुरुङ  र पोखरेलको फोटो पोखरामा ?

काठमाडौं । नेपालको राजनीतिमा लागेको कतिपय नेताहरु विवादमा तानिने गरेका छन् ।  जे विवाद भए पनि पहिले देखिनै उनीहरू उपर  घटना बारे अनुसन्धान हुँदै आएका छन् । कतिपय  प्रहरी हिरासतमा रहेर अनुसन्धान भएका छन् । कतिपय बाहिरबाटै भएका छन् । 

तर शुक्रबार सहकारी ठगी प्रकरणमा पक्राउ परेका  रवि लामिछाने र उनको पार्टीको गतिविधिले भने धेरैलाई आश्चर्य चकित बनाएको छ। यो प्रकरणमा सबैभन्दा सहकारी प्रकरणमा बचतकर्ताको रकम डुबाउने पात्र हुन – जीवी राई । उनी गोरखा मिडियाका अध्यक्ष समेत हुन् । सो मिडियाका प्रवन्ध निर्देशक थिए – रास्वपा सभापति रवि लामिछाने । उनी  यो अभियोगमा शुक्रबार पक्राउ परे । तर उनीसंगैका धेरै सञ्चालक यस अघि पक्राउ परी सकेका छन् । 

तर शुक्रबार उनी पक्राउ पर्दा देशमा ठुलो  अनिष्ठ भए झैँ गरेर उनले कार्यकर्तालाई सडकमा उतारेका छन् । यद्यपी उनीहरूको सङ्ख्या सडकमा घट्दै गएको छ। तर यस अघि अरु सञ्चालक पक्राउ हुँदा केही बोलेनन् । तर उनले बारम्बार दोहो-याए – गोरखा मिडिया नेटवर्क विरुद्ध कु नजर लगाउने प्रयास भइरहेको छ।  सहकारी ठगी संसदीय बिशेष छानबिन समितिको निष्कर्ष समेत त्यही थियो कि , सूर्य दर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा पुगेर अपचलन भएको छ। 

समितिले  गरेको सिफारिसका आधारमा लामिछाने शुक्रबार पक्राउ परेका हुन् । तर यसमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लगाएको देखियो। बिशेष समितिका सभापति सूर्य थापाका अनुसार  समितिले गरेको शिफरिस सरकारको स्वैच्छिक विषय  पर्दैन। यो अनिवार्य हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आदेशमा लामिछानेलाई पक्राउ गर्न आदेश दिनुभएको होइन। समितिको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो। तर रास्वपाका नेताहरु यति अपरिपक्व देखिएकी उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध  सुन्ने नसक्ने नारा लगाएर आफ्नो स्तर सडकमा प्रदर्शन गरे। 

 शनिबार पोखराको मानवअधिकार चोकमा अर्को गज्जबको दृष्या देखिएको थियो । त्यो थियो – कांग्रेस सांसद धनराज गुरुङ र एमाले सांसद तथा सार्बजनिक लेखा समितिका सभापति ऋषि केश पोखरेलको फोटो निकाले वास्तविक सहकारी ठग भन्दै प्रदर्शन गरे।  त्यो घटनाले रवि लामिछानेको राजनीति यति अपरिपक्व देखियो कि उनीहरू आफू नाङ्गो नाचेर अरूलाई आँखा चिम्ली भन्न खोजे जस्तो देखियो।  नेपाली राजनीति बजारमा अहिले लामिछाने र उनका नेता कार्यकर्ता माथि प्रश्न उठ्ने गरेको छ –रवि लामिछाने पक्राउ परेपछि मात्र उनीहरू ठग देखिए, त्यो भन्दा अघि किन देखिएनन् । 

यसको सहज उत्तर छ त्यो  लामिछाने आफू जस्तै अरूलाई पनि ठग देखाउन चाहन्छन् । त्यसैले उनकै निर्देशनमा त्यो हर्कत गरिएको बुझिएको छ।  सहकारीको रकमको मुख्य अपचलन कर्ता जीवी राईको फोटो ‘ मुटु’ भित्र सजाएर अरूको फोटो निकाल्नुको अर्थ के थियो ? अनि रवि लामिछानेलाई राज्यले कुनै पनि बिषयमा अनुसन्धान गर्न नपाउने? उनी के कानुन र संविधान भन्दा माथि हुन्? 

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ११ : ५५ बजे