सुनको मूल्यमा नयाँ कीर्तिमान

बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ७०० मा कारोबार

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । 

अघिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७०० तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार २०० छ जुन बिहीबार प्रतितोला रु ९१ हजार ६०० थियो ।

त्यस्तै,आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१८ डलर आसपास कारोबार भइरहेको छ । रासस 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ११ : २७ बजे