बाक्लो हुस्सुका कारण काठमाडौँको भिजिबिलिटी १०० मिटरमा झर्‍यो, त्रिभुवन विमानस्थलमा उडान ठप्प

काठमाडौँ । काठमाडौँमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शिता ह्वात्तै घटेको छ ।

भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् ।

त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको हो ।

कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुई वटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको टर्मिनल कार्यालयले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेको छ । 

पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ९ : ०५ बजे