‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री ओलीलाई बधाई दिदै बामदेवले भने, पार्टी एकता निमार्णमा सफलता मिलोस्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जालमार्फत बधाई दिदै उपाध्यक्ष गौेतमले प्रधानमन्त्री ओलीलाई पार्टी एकतामा सफलता मिलोस भन्ने कामना गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ –नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.केपी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्वाद शुरु भएको छ । यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क.केपी शर्मा ओली नेपालको ४३ औं  प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।
 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १२ : २८ बजे