‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

उदयपुरका बालबालिकालाई विद्यालयमै मोडर्ना खोप

उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिन थालेको छ । 

उनीहरूलाई विद्यालयमै पुगेर खोप दिन थालिएको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै कोरोना विरुद्धको खोप दिन थालिएको हो । 

अमेरिकन कम्पनीले उत्पादन गरेको मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमार्फत लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताउनुभयो। उहाँका अनुसार उदयपुरमा ४३ हजार ६ सय डोज मोडर्ना खोप आएको छ ।

उदयपुरका चार नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा ४ गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढीमा खोप लगाउन बाँकी जनसङ्ख्याको आधारमा वितरण गरेको खोप सुपरभाइजर निरौलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ४३ बजे