लेगाटम समृद्धि सुचकाङ्क २०२३ अनुसार विश्वका १६७ मुलुकको समग्र समृद्धि सुचकाङ्कमा छिमेकी देशहरू चीन ५४ औँ र भारत १०३ आँै तथा नेपाल ११० औँ स्थानमा छन् । नेपाल विश्वमा समृद्धि हासिल नभएका देशहरूमध्ये पर्दछ । त्यसकारण यहाँ समृद्धि प्राप्त गर्न सामाजिक–आर्थिक क्षेत्रमा घनिभूत रूपमा धेरै कामहरू गनुपर्नेछ । मुलुकको यस दुरावस्थालाई गहिरोसँग आत्मसात गरेको पार्टी नेकपा(एमाले) र यस पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अलि पहिलेदेखि नारा नै तय गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्प साकार पार्न अग्रसर बनेको सबैलाई अवगत नै छ । आज यो नेपालीको साझा प्रतिबद्धता समेत बन्न सफल भएको छ । यसबाट समृद्धि हासिल गर्ने आकांक्षालाई तीब्रता दिन मद्दत मिलिरहेको छ ।
कुनैपनि शब्द भाषाको एक आधारभूत तत्व हो जसले निश्चित अर्थ बोकेको हुन्छ । यसलाई लिपिबद्ध गर्न र मौखिक रूपमा व्यक्त गर्न गरिन्छ । ‘समृद्धि’ शब्द गीक शब्द ‘ईओदो’ -(भगयमयय बाट आएको हो, जसको अर्थ खुसी र सफल यात्रा भन्ने हुन्छ । मानिसको दैनिकीलाई प्रभाव पारिहने, समाजलाई उत्प्रेरित गरिरहने र राष्ट्रलाई सामाजिक–आर्थिक विकासको मार्गमा उद्वेलित गरिरहने अर्थ र भाव बोकेको ‘समृद्धि’ शब्द प्रयोगमा आइरहनु स्वभाविक हो । यस शब्दको मर्मलाई गहिरोसँग आत्मसात गरी त्यसको कार्यान्वयन गर्नु सत्ताञ्चालकहरूको दायित्व हो ।
परम्परागत ढङ्गले चल्दै आएका कम्युनिष्टले क्रान्ति गर्ने र त्यसपछि मात्र आर्थिक विकासमा लाग्नुपर्छ भन्थे तर नेपाली क्रान्तिको मौलिक मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता जननेता मदन भण्डारीले क्रान्ति र निर्माण संगसंगै गर्नुपर्छ भन्ने दृष्टिकोण अगाडि सार्नुभयो र यसको कार्यान्वयनमा सिङ्गो पार्टीलाई अग्रसर बनाउनु भयो । उहाँले पार्टीपंक्तिलाई विकासप्रति चाख बढाएर जनताको सेवामा लाग्न उत्प्रेरित गर्नुभयो । यो देशलाई समृद्धिमा लैजाने र कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउने विहङ्गम् विचार हो ।
माक्र्सवादी सिद्धान्तमा आधारित समाजवादी क्रान्तिले सोभियत संघमा सन् १९१७ मा स्थापित गरेको ‘सोभियत नमुनाको समाजवाद’ ले सन् १९९१ मा पराजय व्यहोरेपछिको रनाहामा विश्वभरका कम्युनिष्टहरूमध्ये कसैले सिद्धान्त त्यागे, कोही उग्रवामपन्थी भासमा फसे र केहीले भने सन्तुलन नगुमाई विगतको गम्भीर सिंहावलोकन गरी माक्र्सवादको सिर्जनात्मक व्याख्यासहित मुलुकको कम्युनिष्ट आन्दोलनलाई निरन्तर अगाडि बढाउन संकल्प गर्दै अविचलित अगाडि बढे । ती कम्युनिष्ट चिन्तकमध्ये मदन भण्डारी त्यस्ता व्यक्ति हुन् जसले माक्र्सवादको सिर्जनात्मक व्याख्यासहित नवीन सिद्धान्त जबज प्रतिपादन गरी यहि विचारबाट मुलुकमा समाजिक–आर्थिक रूपान्तरण एवं समृद्धि हासिल गर्न सकिने निष्कर्ष निकाले ।
नवीन विचारक मदन भण्डारीले नेकपा (माले) को वि. सं. २०४५ सालमा भएको चौथो राष्ट्रिय महाधिवेशनमा बिजारोपण गरेको र वि. सं. २०४९ सालमा सम्पन्न भएको पाँचाँै राष्ट्रिय महाधिवेशनमा क्रान्तिसम्बन्धी सुस्पष्ट दृष्टिकोण प्रस्तुत गरी पारित भएको सिद्धान्त जबजलाई अब कसैले पनि विस्थापित गर्न सक्दैन । यो एउटा कोरा सिद्धान्तको रूपमा मात्र रहेको छैन बरु नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित र विस्तारित नेकपा (एमाले) ले एकल सरकार बनाउँदा र संयुक्त सरकार सञ्चालन गर्दा यसै सिद्धान्तका आधारमा मुलुकको समृद्धि यात्रालाई अगाडि बढाइरहेको छ र जनताको मुहारमा खुसी ल्याउने प्रयास गरिरहेको छ । यस पार्टीले पहिलो पटक नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर मनमोहन अधिकारीको प्रधामन्त्रीत्वमा सरकार बनाउन सफल भयो र ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ जस्ता विकासलाई तीब्रता दिने कार्यक्रम तथा लोककल्याणकारी थुप्र्र्रै नयाँ कार्यक्रमहरु कार्यान्वयन ग¥यो । समृद्धि हासिल गर्ने जबजको सोचलाई सरकारमार्फत कार्यान्वयन गर्ने यो पहिलो अवसर र प्रयास थियो । यो प्रयोग सफल साबित भयो ।
जननेता मदन भण्डारीले नेकपा (एमाले) को महासचिवका हैसियतले सो पार्टीको पाँचाँै राष्ट्रिय महाधिवेशन (२०४९ माघ १४–२०) मा जनताको बहुदलीय जनवादको ऐतिहासिक दस्तावेज प्रस्तुत गर्दै मुुलुकका निम्ति कस्तो राजनीतिक, आर्थिक र सामाजिक कार्यक्रम लागू गर्ने हो स्पष्ट पार्नुभयो । जबजका चौधवटा थप विशेषताहरू संविधानको सर्वाेच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानुनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, क्षतिपूर्ति, विदेश नीति, नेतृत्व र अधिनायकत्व, जनताको बहुदलीय जनवादको व्याख्या गर्दै यसलाई लागू गरी आर्थिक समृद्धि हासिल गर्ने घोषणा गर्नुभयो ।
जबजको उक्त महत्वपूर्ण दस्तावेजको बुँदा संख्या दुई दशमलव एकमा जननेताले लेख्नुभएको छ, ‘सामन्ती तथा साम्राज्यवादी शोषणलाई समाप्त पार्ने, जनताको श्रम, सीप र प्रतिभालाई विकास निर्माणमा सञ्चालन गर्ने तथा प्राकृतिक स्रोत–सम्पदालाई राष्ट्रिय हितमा उपयोग गर्ने हो भने नेपाल एउटा सुन्दर, समृद्ध र सुखी देश बन्नसक्ने कुरामा कुनै शंका गर्नुपर्दैन ।’ सामन्तवाद–साम्राज्यवाद प्रवद्र्धित वर्गीय शोषण निर्मुल पारेपछि मात्र समृद्धि हासिल गर्न सकिन्छ भन्ने यस भनाइको तात्पर्य हो । २०६२÷०६३ को ठुलो परिवर्तनपछि पनि मुलुकले सामन्ती राज्यसत्ताले लादेका विकृति, विसंगति, विभेदहरू विभिन्न आवरणमा भोगिरहेको हुँदा यसको अन्त्य नगरी समृद्धि हासिल गर्ने अभियानले तीब्रता लिनसक्ने अवस्था छैन । त्यसकारण सरकारले सबै किसिमका अन्याय, अत्याचार, शोषण र दमनका रूपहरू सपाप्त पार्न प्रभावकारी कदम चाल्नु पर्दछ ।
अर्को बुँदा संख्या तीन दशमलव दशमा जननेता भन्नुहुन्छ, ‘देशको समृद्धि तथा विकासको निम्ति एवम् आमजनताको गरिबी, सामाजिक–आर्थिक पछौटेपन र असमानताको अन्त्य गर्दै समतामूलक सामाजिक–आर्थिक विकासको निम्ति औद्योगिक क्रान्तिको योजना तर्जुमा र कार्यान्वयन गरिनेछ ।’ आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न, राष्ट्रिय पुँजीको विकास गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न मुलुकमा उद्योगधन्दा र कलकारखानाको विकास र विस्तार गर्नै पर्दछ । यसो भएको अवस्थामा मात्र समृद्धि हासिल गर्ने अभियानमा गुणात्मक फड्को मार्न सकिन्छ ।
त्यसो त आजकल संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय आर्थिक सामाजिक संघसंस्था, मानव अधिकारवादी संगठन, आर्थिक क्षेत्रमा अनुसन्धान गर्ने प्राज्ञिक केन्द्र, विकासका साझेदार निकायहरू, राजनीतिक दल तथा यसका नेता तथा कार्यकर्ता, आमसञ्चार जगत आदि सबैले चर्चा गरिरहने प्रिय शब्द ‘समृद्धि’ भएको छ । अर्थात् समृद्धि शब्द अहिले जिब्रोमा झुण्डिएको छ । कसैले यसको प्रयोग फगत खपतका लागि गर्छन् भने कतिपयले यसलाई व्यहारमा उतार्ने र परिणाम देखाउने उद्देश्यले गरेका छन् । जननेता मदन भण्डारी र जबजको विरासतमा हुर्के बढेको पार्टी र यसका नेता तथा कार्यकर्ताले समृद्धि शब्दको प्रयोग सस्तो लोकप्रियताका लागि होइन, सामाजिक–आर्थिक विकासमा फड्को मार्ने लक्ष्य साकार पार्ने हेतुले गरिरहेका छन् । यो पार्टी सत्तामा हुँदा लिएका आर्थिक नीति तथा तिनको कार्यान्वयनको पाटोलाई कुनै आग्रह तथा पूर्वाग्रह नराखी समीक्षा गर्ने जोकोहिले यस पार्टीले अवलम्बन गरेको मुुलुकको समृद्धि हासिल गर्ने अभियानलाई सजिलै अनुभूत गर्न सक्दछ ।
समृद्धि हासिल गर्नु भनेको सौभाग्य र सफल सामाजिक हैसियत प्राप्त गर्नु हो । समृद्धिले प्रायः अन्य कारकहरू सहित प्रचुर सम्पत्ति उत्पादन गर्दछ र यो खुसी तथा सुखजस्ता विषयससँग सम्बन्धित छ । साँचो समृद्धि तब हुन्छ जब सबै मानिसले सर्वाङ्गीण विकासको अवसर पाउँछन् । प्रत्येक व्यक्तिको मौलिक स्वतन्त्रता र सुरक्षा सुदृढ गर्ने बलियो सामाजिक अनुबन्धका साथ समावेशी समाजले समृद्धिलाई रेखाङ्कित गर्दछ । समृद्ध समाजमा जनता शान्तिपूर्णरूपमा हिंसाको चुनौती बिना बसेका हुन्छन् । मानिसले कुनै किसिमको दबाब र अपराध बिना जीवन अगाडि बढाएका हुन्छन् । त्यस समाजमा सबैको अन्तर्निहित मर्यादालाई सम्मान गरिन्छ तथा वाक, उपासना र भेलाको स्वतन्त्रता सुरक्षित गरिएको हुन्छ । शासक संस्थाहरू इमानदारीका साथ काम गर्छन्, नागरिकप्रति उत्तरदायी हुन्छन् र कानूनको अधीनमा हुन्छन् । स्थिर परिवार र सहयोगी समुदायहरूले संस्कृतिलाई आकार दिने र समाज फस्टाउनको लागि आवश्यक विश्वासको बन्धन निर्माण गर्ने मूल्यहरू जगाउँछन् ।
असल विचारद्वारा निर्देशित अर्थतन्त्र नै त्यो बाटो हो जसबाट समृद्धि हासिल हुन्छ । नेकपा (एमाले) को पहलमा नेपालको संविधानले समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने परिकल्पना गरेको छ । सामाजिक न्याय र समानतामा आधारित समाजवाद यस्तो सामाजिक–आर्थिक व्यवस्था हो जसले जनतालाई गरिबीको चक्रबाट मुक्त पारेर समृद्धितर्फ लैजान्छ । यहाँ मिश्रित अर्थतन्त्रमार्फत सम्पत्तिको अधिकार सुरक्षित गरी स्वदेशी तथा विदेशी लगानी प्रवाह गरिन्छ । व्यापारको नियमनले उद्यमशीलता, प्रतिस्पर्धा र नवीनता सक्षम बनाउँछ । खुला बजार र उच्च गुणस्तरीय पूर्वाधारले व्यापार र वाणिज्यलाई सहज बनाउँछ । वित्तीय र मौद्रिक नीतिलाई रोजगारी, उत्पादकत्व र दिगो आर्थिक वृद्धि गर्न जिम्मेवारीपूर्वक प्रयोग गरिन्छ ।
समृद्ध समाजमा सबैले गरिबीबाट मुक्त जीवन निर्माण गर्न सक्षम हुन्छन् । मानिसको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरुक्षाजस्ता आधारभूत आवश्यकता पुरा भएका हुन्छन् । मानिसले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्छन् र प्रभावकारी स्वास्थ्य सेवामा पहुँच कायम गरेका हुन्छन् । सिकाइलाई मुल्यवान ठानिन्छ र सबैले उच्च–गुणस्तरको शिक्षा प्राप्त गर्छन्, जसले गर्दा उनीहरू आफ्नो क्षमता हासिल गर्दछन् । दिगो विकासको अवधारणालाई कार्यान्वयन गर्दै प्राकृतिक वातावरणलाई वर्तमान र भावी पुस्ताका लागि विरासतका रूपमा बुद्धिमानीपूर्वक व्यवस्थापन गरिएको हुन्छ । आशा गरौँ यस दिशामा अगाडि बढ्न वर्तमान सरकारलाई सफलता मिल्नेछ । जबजको जगमा नै समृद्धि यात्रा संभव छ ।
प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १२ : ३७ बजे
प्रतिक्रिया