डा. रणजीत झाको स्वरमा ‘जिरी शहर‘’

काठमाडौँ । सांगीतिक क्षेत्रमा डा. रणजित कुमार झा एउटा लोकप्रिय नाम हो भनियो भने गलत अर्थ लाग्ने छैन । र नै जिरी क्षेत्र लगायत चिकित्सक क्षेत्रमा डा. झा आफ्ना केही सुमधुर गीतहरूका कारण दर्शक तथा स्रोताको मनमा बस्न सफल भएका हुन् । 

 नेपाल सरकारका यी वरिष्ठ चिकित्सकले आफू कार्यरत शहर जिरीको प्राकृतिक सौन्दर्यलाई आफ्नो यो नयाँ गीतमा चित्रण गरेका छन् । ‘यो गीत जिरी शहर भित्रको मेरो बसाई अनि मन र मस्तिष्कबाट सिर्जित एउटा कोसेली हो ‘जिरी शहर‘’ डा. झाले भनेका छन् ।

डा।झाले आफ्नो स्वरमा एउटा नयाँ गीत सार्वजनिक गरेको जिरी शहरलाई  यूट्युब च्यानलबाट सार्वजनिक भएको विषयले जिरी क्षेत्रलाई पर्यटनको दृष्टिकोणले कोसेढुंगा सावित भएको छ । 

त्यसो त नेपाल सरकारका यी वरिष्ठ चिकित्सकले आफू कार्यरत शहर जिरीको प्राकृतिक सौन्दर्यलाई आफ्नो यो नयाँ गीतमा चित्रण गरेका छन् । ‘यो गीत जिरी शहर भित्रको मेरो बसाई अनि मन र मस्तिष्कबाट सिर्जित एउटा कोसेली हो, डा. झाले आफ्नो धारणा राखेका छन् ।

महाराज थापाले यो गीतमा संगीत संयोजन गरेका छन् । रमेश सेन्चुरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको यो गीतमा सञ्जीव बराइलीको गिटार, भरत बुढामगरको मादल, हेमन्त कान्छाको सारंगी तथा रत्न बिकको बाँसुरी वादन सुन्न सकिन्छ । भुवन केसीको छायांकन तथा निर्देशनमा बनेको गीतको भिडियो निकै आकर्षक बनेको छ । डा. झासहित रञ्जिता लिम्बु तथा मीयून कुमार जिरेललाई फिचर गरिएको यो भिडियोले जिरीको प्राकृतिक सौन्दर्यलाई प्रस्तुत गरेको छ । रामप्रसाद चौधरीको सम्पादन रहेको भिडियोमा कुनाल कुँवरको कलर करेक्सन रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ११ : ०७ बजे