थप २४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ८ हजार ८९७ जनामा परिक्षण गर्दा २४१ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप २२८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ जना रहेका छन् ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९० पुगेको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ५ : ०३ बजे