नेपालका प्रसिद्ध व्यवसायी तथा उद्योगपति मीन बहादुर गुरुङले एमाले पार्टी सितको राजनैतिक निकटता भएको बताउनु भयो र उहाँले एमाले पार्टी कार्यालयका लागि महँगो मूल्यको जग्गा र पार्टी कार्यालयसमेत दानस्वरुप बनाइ दिने घोषणा गर्नु भयो । बिन्दा कमरेड, पार्टी अनुशासनको गम्भीर अर्थ बोध गरेकी तपाईँले यस विषयमा हतार हतारमा सामाजिक सञ्जालमार्फत विरोध गर्नुभयो ।
पार्टी र नेतृत्वका विरुद्ध नानाभाती दुष्प्रचारका विरुद्ध कहिल्यै लेखे बोलेको पाइन्न तर भुईँमा खस्न नपाउँदै हतपतमा दुनियाँ हँसाउन लागि पर्नु हुन्छ । तपाईँले बोलको यो विषय जग हँसाइको विषय बनेको छ ।
जनता,पार्टी, सिद्धान्त र नेतृत्वमा विश्वास गर्नु पर्छ भनिन्छ । मुलुकको एउटा अत्यन्त जिम्मेवार पार्टीको र अझ त्यसमा पनि बहुतै सोची सम्झी कदम चाल्ने पार्टीको अध्यक्षले , पार्टीका प्रमुख नेताहरूका रोहबरमा भवन निर्माणको शिलान्यास गर्नु भयो । तर तपाईँले एउटा व्यापारीसित जग्गा र भवन निर्माणका लागि दान लिनु दिनु घोर आपत्ति व्यक्त गर्नु भयो । यस्ता कामले पार्टी, नेता, कार्यकर्ता र मतदाता सबको इज्जत गुम्न सक्ने बताउनु भयो । कुनै पनि व्यापारीले निस्वार्थ रूपमा यत्रो धनराशि सहयोग गर्दैन भन्ने तपाईँको दृष्टिकोण रहेछ । तर सबका सब स्वार्थी र बेइमान हुँदैनन् भन्ने कुरा मीन बहादुरबाटै थाहा हुन्छ । उहाँले मुटुरोग अस्पताल बनाउन ४१ करोड निस्वार्थ रूपमा दान दिनु भएको कुरा केही अघिको कुरा रहेछ । त्यहाँ उहाँले कुन स्वार्थले दान दिनु भयो होला बिन्दाजी । स्वार्थवश दान दिने र लिने कुरा सच्याउन तपाईँले पार्टीलाई आग्रह गरेको थाहा भयो । र यस्ता काम र कदम तुरुन्त सच्याउन तपाईँले सार्वजनिक रूपमा माग गरेको पनि थाहा भयो । तर तपाईँले नै पार्टी सचिवालय पनि निर्णय गर्ने एउटा माथिल्लो समिति हो भन्नु भएको छ । र पदाधिकारीका बीच आपसी सरसल्लाहमा पनि काम हुन्छन् र हुन सक्छन् । तपाईँहरू त कहाँको कुरा कहाँ जोड्न सिपालु हुनुहुन्छ ।
मुलुकको एउटा अत्यन्त जिम्मेवार पार्टीको र अझ त्यसमा पनि बहुतै सोची सम्झी कदम चाल्ने पार्टीको अध्यक्षले , पार्टीका प्रमुख नेताहरूका रोहबरमा भवन निर्माणको शिलान्यास गर्नु भयो । तर तपाईँले एउटा व्यापारीसित जग्गा र भवन निर्माणका लागि दान लिनु दिनु घोर आपत्ति व्यक्त गर्नु भयो । यस्ता कामले पार्टी, नेता, कार्यकर्ता र मतदाता सबको इज्जत गुम्न सक्ने बताउनु भयो । कुनै पनि व्यापारीले निस्वार्थ रूपमा यत्रो धनराशि सहयोग गर्दैन भन्ने तपाईँको दृष्टिकोण रहेछ । तर सबका सब स्वार्थी र बेइमान हुँदैनन् भन्ने कुरा मीन बहादुरबाटै थाहा हुन्छ । उहाँले मुटुरोग अस्पताल बनाउन ४१ करोड निस्वार्थ रूपमा दान दिनु भएको कुरा केही अघिको कुरा रहेछ । त्यहाँ उहाँले कुन स्वार्थले दान दिनु भयो होला बिन्दाजी ।
एमाले र माओवादी बीच एकता विषय पनि सिरदेखि तिर सम्म छलफल गरेर निर्णय गर्नु पर्ने विषय भनेर निक्कै विश्लेषण गर्नुहुन्थ्यो । समय परिस्थिति हेरेर विवेक र विचार पु¥याएर नै अभिभावकले निर्णय लिन्छन् । देशको एउटै आशा र भरोसाको प्रमुख पार्टी र त्यसको प्रमुख लगायत पदाधिकारीले हचुवाका भरमा निर्णय गर्नु भयो होला भन्न सकिन्न । माओले दश पटक नाप अनि मात्र काट भन्नु हुन्थ्यो रे । यतिका अनुभव प्राप्त पार्टी नेतृत्वले लहै लहैका भरमा यस्ता काम गर्छ र गर्ला भन्ने हामी जस्ता सामान्य कार्यकर्तालाई चाहिँ लाग्दैन । निस्वार्थ रूपमा दान दिन्छु भन्दा पनि एक न एक बात लगाउनु जाती हुँदैन । भारतका रतन टाटा भन्ने विश्व प्रसिद्ध उद्योगपति अविवाहित रहेछन् । राम्रा र असल काम गर्नेको मन मर्ने र मार्ने काम गर्नु हुँदैन । आफ्रू भलो त जगत् भलो भनेझैँ नबिराउने मान्छे डराउँदैन । त्यसैले खुल्ला रूपमा दुनियाँले देख्ने र सुन्ने गरी भवन निर्माणको शिलान्यास गरेको होला र त्यही दिन भवन पनि दान स्वरूप बनाइदिने घोषणा भएको होला । व्यापारी र उद्योगपति भन्ने बित्तिकै सबै गलतै हुन्छन् भन्न हुँदैन र हुँदैनन् पनि । एङ्गेल्स अत्यन्त धनाढ्य उद्योगपतिका छोरा हुनहुन्थ्यो । वहाँले कार्लमाक्र्सलाई आर्थिक भौतिक रूपमा उदार मनले सहयोग गरेकाले मार्क्सवाद विश्वव्यापी बनेको होला । हामीले त सुनेकै कुरा हो । यो सहयोगको लेखाजोखा पनि तपाईँहरू नै गर्नु होला । हामीले पनि प्रशिक्षणमा सुनेको कुरा पार्टी,नेता र सिद्धान्तमा विश्वास गर्नु भन्ने थियो । एकोहोरो विश्वास र अविश्वास जाती होइन अरे । खाली शङ्कै मात्र गर्ने कुरा पनि राम्रो होइन ।
पार्टीको स्थायी समिति सदस्य, अर्थ तथा योजना विभाग प्रमुख रहेकी तपाई कतिपय विषयमा अलि हतार र हतपतमा बोल्ने गरेको मलाई जानकारी रहेको छ । एक पटक १० औ महाधिवेशनमा उपमहासचिव हुन नपाएको भनेर र अर्को पटक सचिवालयमा आफू मनोनीत नभएको भनेर र तेस्रो पटक मन्त्री हुन नपाएकामा तपाईँले सार्वजनिक रूपमा तीव्र आक्रोश व्यक्त गर्नु भएको थियो । यो लेख लेख्नु पर्दा तपाईँले व्यक्त गरेका सबै विषय वस्तु मैले सञ्जालमार्फत मैले पढेँ । तपाईँले एक अन्तर्वार्तामा प्रथम महिला राष्ट्रपति विद्या भण्डारी मात्र होइन, एमालेमा एक भन्दा एक पार्टी अध्यक्ष र पदाधिकारी बन्न योग्य छन् भन्नु भयो । तर उक्त कुरा बोल्दा भण्डारीको अध्यक्ष बन्ने योग्यता,अनुभव , क्षमता र उचाइको अलिकति पनि चर्चा गर्नु भएन । कम्तीमा ठाउँ अनुसार अग्रजको मान र मन राखेर बोल्नुपर्छ । यसरी बोल्दा योग्य र अनुभवी व्यक्तित्वको कुरा समाजमा जान्छ । हुन त तपाई लगायतले विद्या भण्डारी राष्ट्रपति हुँदाका बखत जनकपुर जाँदा,उहाँले कालो चस्मा लगाउँदा र पदीय गरिमा अनुसार गम्भीर मुद्रामा आसीन हुँदा कतिपयले उहाँको दुराग्रहपूर्ण र निकृष्ट दुष्प्रचार गरे र गरिरहे तर तपाईँहरूले एक अक्षर लेखे बोलेको थाहा पाइएन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व राजाको भन्दा राष्ट्रपतिकै सान सौकात उच्च भएको भन्दा तपाईँका फेसबुक बोलेनन् । जनयुद्ध दिवस मनाउने र यसलाई निरन्तरता दिने विषयमा र देशमा उथलपुथल ल्याएर देशको जग हल्लाउने कुरा गर्दा पनि तपाईँका अक्षर र वाणी कस्ता थिए सुनिएन र देखिएन । अमेरिका भ्रमणमा रहनु भएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले फेसबुक मार्फत रत्यौली खेलिन् । बरु त्यसको बिनु नाम गरेकी नेका सम्बद्ध एक महिलाले कडा विरोध गर्नु भयो । बिनुले औपचारिक विदेश भ्रमणका बेला प्रधानमन्त्रीसित देशको इज्जत र आवरु गाँसिएको हुन्छ । देशको उच्च कार्यकारी पदलाई विदेशमा नेपालीले नै बेइज्जत गर्न तम्सिनु देश विरुद्धको काम हो र यो काम आकाशतिर फर्किएर थुक्नु जस्तै हो भन्नु भयो । देशभित्र वा घरभित्र जे जस्ता विवाद,बेमेल र वैमनष्यता हुन्छन् त्यसलाई विदेशमा र छरछिमेकमा छारस्ट गर्नु हुन्न । बिनुको यस्तै आशयको अन्तर्वार्ता थियो । तर त्यस बेला पनि तपाई मुख थुनेर बस्नु भयो । अथवा रमिता हेरेर बस्नु भयो । पार्टीमा अमुक पद नपाउँदा तपाईँले हेराँैला नि त कसरी पार्टी चलाउँदा रहेछन् पनि भन्नु भयो । प्रथम महिला राष्ट्रपति विद्या भण्डारीलाई मदन भण्डारीकी पत्नी भन्दा पनि तपाई आपत्ति गरेझैँ गर्नु हुन्थ्यो ।
भण्डारीले मदन भण्डारी फाउन्डेसन,कोसी प्रदेशद्वारा आयोजित कार्यकममा महिला समानता र समान अधिकार रातारात आउने विषय होइन, समय लाग्छ भनेका कुरा पनि तपाई लगायतलाई लक्षित गरेर भनेको हो कि जस्तो लाग्यो । भण्डारीले संस्कृतिको क्षेत्रमा परिवर्तन निक्कै ढिलो हुने कुरा बताउनु भएको थियो । यस्ता कुरा पनि हामीले बुझ्नुपर्छ । तपाईँले पार्टी लगायत सबै क्षेत्रमा ३३ प्रतिशतको माग गर्नु भएको थाहा छ र यो राम्रै कुरा हो । तर तपाईँहरूले महिलाको बौद्धिक, वैचारिक र लेखकीय क्षमता आर्जन गर्ने र गराउने विषयमा पटक्क ध्यान दिएजस्तो लागेको छैन । स्तरीय उद्घोषण,मन्तव्य,स्वागत,प्रमुख अतिथि मन्तव्य,प्रकाशकीय, सम्पादकीय के हो र कसरी लेख्नु पर्छ सिकाएजस्तो लागेको छैन । अनेम संघका सम्मेलन अधिवेशन लगायत कामका प्रतिवेदन लेख्न पुरुषलाई गुहार्नु पर्ने पनि देखिएको छ । तर सबै पुरुष सक्षम भन्न खोजिएको होइन । भन्नुको मतलब अनेमसंघ लगायत संस्थामा यस्ता सिर्जनात्मक काम कामको विषय बन्दैन । तपाईँले त विद्यावारिधि गर्नु भयो । अरूलाई यस काममा किन प्रोत्साहन गर्नु भएन । राम्रा मानिसको संगत अरूलाई पनि पर्नु र पार्नु प¥यो नि । खराब मानिसले खराब बानी तुरुन्तै सार्छ र फैलाउँछ । यसबाट पनि हामीले सिक्ने कि रु बोक्सीले बोक्सी चेलाहरू तयार पार्छे भने एक विद्वान्ले विज्ञ र विद्वान् तयारी गर्ने काममा ध्यान दिनुपर्दैन रु मैले चाहिँ घरमा नै यस्तो संगत पाएर आमूल परिवर्तनको अर्थ थाह पाएकी छु नत्र कतिपय नेताका पत्नी आमूल परिवर्तनको अर्थ खोज्न पानीको मुहान खोज्न जानसक्छन् । सभासद् बनेकालाई बहुराष्ट्र भनेको धेरै राष्ट्र भन्ने अर्थ लगाएको मैले थाहा पाएकी छु ।
अहिले विभिन्न अखबारमा महिलाका लेखहरू किन छापिँदैनन् महिलाले लेखेका लेख र किताब महिला नै किन पढ्दैनन् ?महिलाका फेस बुक लगायत सञ्जालमा ज्ञानगुनका एक रत्ती आउँदैनन् । तपाईँले प्रचार प्रसार कलाको कुरा त गर्नु भयो यस बारे एक लेख लेखे पनि हुन्थ्यो त । अधिकार मात्रै खोज्ने होइन प्रतिभा र क्षमता पनि विकास गर्ने गराउने कुरामा खै ध्यान गएको हो । अहिले काठमाडौ भित्रका र बाहिरका ठूला पदासीन र तल्ला तहका भनेर महिलालाई महिला र तिनका संगठनले चरम भेदभाव गरेको मेरै तीतो अनुभव छ नत्र मेरो दोस्रो महिला सशक्तीकरणको सवाल विषयको किताब अनेम संघ,केन्द्रले आर्थिक व्ययभार बिना प्रकाशित गर्न किन मानेन ? पहिले आफैँ क्षमतावान्,विवेकी,अनुशासित र इमानदार बनौँ । आफ्नो आङ कन्याएर छारो नउडाउँ । कम्तीमा महिलाका बीच मैत्री भाव विकास गरौँ ।
इटहरी निवासी लेखकअनेम संघ,केन्द्रीय सदस्य हुनुहुन्छ ।
प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार ३ : २८ बजे
प्रतिक्रिया