धरहराबाट उपत्यका नियाल्ने रहर

विदेशमा मृत्यु भएका व्यक्तिको परिवारका लागि आर्थिक सहयोगमा वृद्धि

काठमाडौँ । असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम वृद्धि हुने भएको छ ।

सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । नियमावली संशोधन भएपछि सात लाख रुपैयाँबाट बढाएर १० लाख बनाइएको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार गत असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको हो ।

बोर्डका अनुसार मृतक परिवारले पाउँदै आएको राहत बढाएर अब १० लाख दिइनेछ। वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरूले राहतबापत प्राप्त गर्दै आएका छन् ।

स्मरण रहोस् सरकारले भने श्रमिकको कल्याणकारी कोषमा जम्मा गएको रकमबाट मृत्युको क्षतिपूर्ति रकम दिने गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १२ : ०९ बजे