आज देशभरको मौसम अनुकूल रहने

राष्ट्रपति पौडेल सुर्खेतमा

सुर्खेत । बडीमालिका जाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुग्नुभएको छ ।

आज अपराह्न यहाँ आइपुग्नुभएका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापतिसमेत रहनुभएका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गर्नुभएको थियो ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गर्नुभएको थियो । उहाँ बिहीबार बिहान बडीमालिकातर्फ प्रस्थान गर्नुहुने कार्यक्रम छ । त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत हुनुहुन्छ । राष्ट्रपति बिहीबार नै काठमाडौँ फर्किनुहुनेछ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ९ : ५३ बजे