सुनको मूल्यमा नयाँ कीर्तिमान

कोभिडको ओमिक्रोन र डेल्टा भेरियन्टका कारण सङ्क्रमितको सुनामी ल्याउँदै छ : डब्लूएचओ

न्युयोर्क । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण सङ्क्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । 

युरोप र अमेरिकामा कोभिड सङ्क्रमितहरूको सङ्ख्या आश्चर्यजनक ढङ्गले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिनुभएको हो ।  

“स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन् भने स्वास्थ्यकर्मीमा चाप थपेको छ । कोभिडका नयाँ सङ्क्रमणले सङ्क्रमितको सुनामी ल्याउनेछ”, डा. गेहब्रेयससले भन्नुभयो ।

डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् ।सङ्क्रमण फैलिएपछि विभिन्न देशहरूले बुस्टर डोज दिन सुरु गरेका छन् । युरोपका विभिन्न देशहरूमा भने लकडाउन र नयाँ प्रतिबन्धहरू घोषणा गरिएका छन् । 

फ्रान्स र बेलायतमा अप्रत्याशित रूपमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । छिमेकी मुलुक भारतमा राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रिकालीन कफ्र्यू घोषणा गरिएका छन् । एजेन्सी

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ८ : ३५ बजे