‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अख्तियारद्वारा पर्यटन बोर्डसँग आर्थिक कारोबारका कागजात माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डसँग आर्थिक कारोबारको कागजात माग गरेको छ । पछिल्लो सयम विवादसँगै आर्थिक पारदर्शितामा प्रश्न उठेपछि   अख्तियारले केही योजनासँग सम्बन्धित कागजात तत्काल पठाउन माग गरेको हो । 
निलम्बनमा परेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले अनियमितता गरेको भन्दै उजुरीपछि अख्तियारले आर्थिक कारोबारसँग सम्बन्धीत कागजात तत्काल पठाउन भनेको हो ।

सीईओ रेग्मीले आफ्नो कार्यकक्ष निर्माणमा सार्वजनिक खरिद ऐनविपरीत जथाभावी खरिद गरी भुक्तानी दिएको, त्रिभुवन विश्वविद्यालयसँग पर्यटन क्षेत्रको हितभन्दा पनि व्यक्तिगत लाभ पुग्ने गरी प्रक्रिया पूरा नगरी ५ करोडको परियोजना संचालन गरेको, बोर्डको उद्देश्यभन्दा फरक प्रयोजनमा होटलमा भएको खर्चको भुक्तानी गरेकोजस्ता काममा अनियमितता भएको भन्दै उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।  

रेग्मीमाथि पर्यटन बोर्डलाई व्यक्तिगत फाइदामा मात्र बढी प्रयोग गरेको र आफन्तसँग मिलेर मनखुसी करोडौं रकम व्यक्तिगत लाभ हुने गरी खर्च गरेको जस्ता आरोप लागेका छन् ।

विवादमा तानिए पछि निलम्बित रेग्मीमाथि छानबिन गर्न पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा समिति बनाइएको छ ।

पुस २ को बोर्ड बैठकले सो समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय सीमा तोकिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  २ : १६ बजे