‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सर्लाहीको ईश्वरपुरमा आज साँझसम्म निषेधाज्ञा कायमै

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा मङ्गलवारदेखि जारी निषेधाज्ञा आज पनि कायमै छ । 

गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सर्लाहीले मङ्गलवार अपराह्न ३:००  बजेदेखि जारी गरेको निषेधाज्ञा आज  साँझ ७ः०० बजेसम्म कायम रहने छ ।

निषेधित क्षेत्रमा भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने प्रशासनले चेतावनी दिएको छ ।

“स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायको क्षेत्रहरूमा निषेधाज्ञा आदेश जारी गरिएको छ”, प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आदेश उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ ।” 

प्रशासनका अनुसार इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म निषेधाज्ञा जारी रहने छ । 

त्यस्तै, इलाका प्रहरी कार्यालय, केशरगंज सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिका–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्म टोलसम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ७ : ३९ बजे