सुनको मूल्यमा नयाँ कीर्तिमान

फ्रान्समा एकै दिन १ लाख ८० हजार कोभिड सङ्क्रमित

पेरिस । फ्रान्समा ठुलो सङ्ख्यामा दैनिक कोभिड सङ्क्रमित भेटिएका छन् । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै सङ्क्रमितको सङ्ख्या  दिनहुँ बढेको हो । पछिल्लो २४ घण्टामा फ्रान्समा एक लाख ७९ हजार ८०७ जनामा सङ्क्रमण देखिएको छ ।

फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रिस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् । क्रिसमस बिदा र नयाँ वर्षको पूर्व सन्ध्यामा मानिसहरूको जमघटका कारण युरोपमा कोभिड तीव्र फैलिएको छ ।

कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ)ले चेतावनी दिँदै आएको छ । 

जनवरीदेखि फ्रान्समा दैनिक सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभिअर भेरानले चेतावनी दिएका छन् । 

आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका बिरामीले भरिने फ्रान्सेली अस्पताल महासङ्घले जनाएको छ । 

सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ । फ्रान्समा अहिलेसम्म दुई करोड ३० लाख जनाले कोभिडको बुस्टर डोज लगाएका छन् ।एजेन्सी

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ७ : २९ बजे