सुनको मूल्यमा नयाँ कीर्तिमान

बेलारूसका राष्ट्रपति बने विश्वका सबैभन्दा भ्रष्ट व्यक्ति

काठमाडौं – अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेको छ । 

चार अन्य फाइनलिस्टमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनी, सीरियाका राष्ट्रपति बशर अल असद, तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्ज शामिल थिए ।

सीसीआरपीका अनुसार सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा अन्तिममा एलेक्जेन्डर लुकाशेको चुनिएका हुन् । संस्थाका अनुसार छ पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गरेको हो र लुकाशेकोको नाम सर्वसम्मतिले चुनिएको हो । 

संस्थाका अनुसार लुकाशेकोमाथि आफ्ना नजिकका मानिसलाई सरकारी पैसा दिएको आरोप लगाएको छ । उनीमाथि हजारौं शरणार्थिलाई भड्काएर यूरोपेली संघका साथ सीमा संकट उत्पन्न गराएको आरोप लगाइएको छ । लुकाशेको माथि कोविडको फर्जी उपचार र त्यस बारेमा गलत सूचनाना फैलाएको आरोप लगाइएको छ । 

एजेन्सी
 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ८ : ४७ बजे