नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा रोकिएको हो ।

आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख १२ हजार ६८५ कित्ता शेयर ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी आज नेसनल फानान्सको सबैभन्दा बढी २२ करोड १ लाख ५८ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज सानिमा बैंकको ५ लाख ५५ हजार ३१८ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ४ : १४ बजे