के दशैंमा पानी पर्छ ? मनसुन कहिले बाहिरिन्छ ?

काठमाडौं । यस वर्ष दशैँको सप्तमी अर्थात फुलपाती २४ गते अर्थात भोलि, अष्टमी र नवमी पर्सी तथा विजया दशमी अर्थात शनिबार २६ गते परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तन दिनको मौसम सम्बन्धीको जानकारी सहतिको विशेष बुलेटिन सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही थोरै स्थानमा मनसुनी वायु बाँकी छ । बागमती, गण्डकीसहित पश्चिम नेपालका भूभागबाट भने मनसुन बाहिरिसकेको छ ।

समग्रमा दशैंको अवधिभर एकाध स्थानमा छिटफुट पाजीपरेतापनि अन्य स्थानमा मौसम सफा रहने मौसमविद्धको भनाइ छ ।

बुधबार जारी दसैँ विशेष मौसम बुलेटिनमा भनिएको छ ‘यस वर्ष दसैँको सप्तमी २४ गते, अष्टमी र नवमी २५ गते र दशमी २६ गतेका दिनहरूमा कोसी प्रदेश र मधेस प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोसी प्रदेश र मधेस प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने देखिन्छ। साथै उक्त दिनहरूमा अधिकांश स्थानमा अधिकतम तथा न्यूननतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको देखिन्छ’।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १ : ५५ बजे