सुनको मूल्यमा नयाँ कीर्तिमान

बङ्गलादेशमा ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद

ढाका [बंगलादेश] – बङ्गलादेश प्रहरीले हबिगञ्ज जिल्लाको सातछारी राष्ट्रिय निकुञ्जबाट ठूलो मात्रामा सैन्य-ग्रेड विष्फोटक र गोला बारुद बरामद गरेको छ । 

ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार प्रहरीको काउन्टर-टेररिज्म एन्ड ट्रान्सनेशनल क्राइम (CTTC) इकाईले  उक्त विष्फोटक पदार्थ बरामद गरेको हो। विशेष अभियानको क्रममा लगभग १५ रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीजी), मेसिन गनका ५१० राउण्ड गोलाबारुद र २५ वटा बुस्टरहरू (आरपीजी लन्चरहरूमा प्रोपेलिंग चार्जको रूपमा प्रयोग हुने) फेला परेका थिए। त्रिपुरासँगको सिमानाबाट करिब ३–४ किलोमिटर टाढा रहेको ठाउँमा गोलाबारुद फेला परेको हो ।

ढाकाको जात्राबारी इलाकाबाट प्रहरीले आइतबार राति एक युवकलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। उक्त व्यक्ति खागराछरीको पाँचछरी इलाकाका अबेल त्रिपुरा अमित रहेका छन् ।

उनको बयानका आधारमा हामीले सातछरीमा ड्राइभ सञ्चालन गर्ने निर्णय गरेको इकाईका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहम्मद असदुज्जमानले बताएका छन्।

रासस-एएनआई

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ४ : ४६ बजे