विपिनको फोन गाजामा भेटियो, हमासको नियन्त्रणमा रहेको बिबिसीको दाबी

काठमाडौँ । नेपालका विपिन जोशी अहिले पनि हमासको नियन्त्रणमा रहेको बिबिसीले उल्लेख गरेको छ ।

बिबिसीले इजरायलमाथि हमासले गरेको आक्रमणको सोमवार एक वर्ष पूरा भएको अवसरमा अहिले पनि हमासको नियन्त्रणमा रहेका विदेशी नागरिकको सूचीमा विपिनको नाम पनि समावेश गरेको छ ।

इजरायल सरकारका अनुसार गत ७ अक्टुबरमा हमासले २ सय ५१ जना इजरायली र विदेशी नागरिकलाई बन्धक बनाएको थियो । बीबीसीका अनुसार हालसम्म ९७ जनामध्ये विपिन पनि हमासको नियन्त्रणमा एअहेको उल्लेख गरेको छ । 

बीबीसीका अनुसार २३ वर्षीय विपिनलाई इजरायलको किबुत्ज अलुमिमबाट हमासले बन्धक बनाएका थिए। विपिनका परिवारलाई इजरायली इन्टेलीजेन्सले यसबारे पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ र उनको फोन गाजामा फेला परेको पनि बताइएको छ ।

कृषि अध्ययनका लागि विपिन इजरायल गएका १० जना नेपालीको भने हमासले हत्या गरेको थियो । तर, विपिनको अवस्थाबारे भने हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको नसकेपनि बिबिसीको रिपोर्टमा भने उनी अहिले पनि हमासको नियन्त्रणमा रहेको उल्लेख छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  २ : १२ बजे