काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले सहयोग रकम हस्तान्तरण गरेका छन् ।
कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित सञ्चालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा रु दुई करोडको चेक हस्तान्तरण गर्नुभएको हो । यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले रु पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गर्नुभयो ।
प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार १ : ५२ बजे
प्रतिक्रिया