‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आपुसी सद्भाव र सहिष्णुताका साथ कोभिङ -१९ का जोखिमप्रति सचेत हुँदै ‘इद’ पर्व मनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको र यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने बताउनुभएको छ । 

इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपुसी  सद्भाव र सहिष्णुताका साथ कोभिङ १९ का जोखिमप्रति सचेत हुँदै यो पर्व मनाउन आग्रह गर्नुभएको छ ।

विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् । विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन् । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो । यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं । प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : १५ बजे