काठमाडौं – नेपालमा सिरिन्जको अभाव भएपछि खोप अभियान नै अनिश्चित भएको छ ।
सरकारले फाइजरको खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन सुरु गरे पनि सिरिन्जको अभाव हुँदा खोप अभियान अनिश्चित बनेको हो । सिरिन्ज नआएपछि काठमाडौं उपत्यकासहित आठ जिल्लामा खोप अभियान स्थगित भएको छ । बालबालिकालाई लागाउने भनिएको फाइजर खोपका लागि ०.३ एमएलको सिरिन्ज आवश्यक हुने र उक्त सिरिन्जको अभाव हुँदा खोप अभियान अनिश्चित बनेको छ ।
नेपालले कोभ्याक्स संयन्त्रमार्फत ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्राप्त गरेको थियो ।
प्रकाशित मिति : १२ पुस २०७८, सोमबार १० : ०६ बजे
प्रतिक्रिया