राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली माताको पूजा अर्चना

काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेल प्रथम महिला सबिता पाैडेलसहित बडादशैंकाे अवसरमा साेमबार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताकाे पूजा अर्चना गर्नुका साथै पूजारीबाट टीका प्रसाद ग्रहण गर्नुभयो ।

काठमाडौंकाे दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने याे मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ ।
साे अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख माेहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रकाे पुननिर्माणमा सहयाेगका लागि आग्रह गर्नुभयो । साथै काठमाडौ मकवानपुरकाे सडक छिटो पुननिर्माण गरी सडक निर्वाध सञ्चालनकाे आवश्यकता आैल्यानुभयाे ।

साे अवसरमा राष्ट्रपति पाैडेलले बाढी पैह्राेले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारकाे ध्यानाकर्षण गराउने बताउनुभयो ।

राष्ट्रपति पाैडेल मन्दिर पुग्नुहुँदा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : ३३ बजे