माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारतमा, आज मोदीलाई भेट्दै

काठमाडौँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा भारत पुगेका छन् ।

सोमबार प्रधानमन्त्री नरेन्द्र मोदी र मोहम्मद मुइज्जुबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ । यसअघि आइतबार राति माल्दिभ्सका राष्ट्रपति मुइज्जुले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

यस बैठकको बारेमा एस. जयशंकरले भारत भ्रमणको सुरुमा राष्ट्रपति मुइज्जुसँग भेट्न पाउँदा खुसी लागेको बताउदै दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन राष्ट्रपति मुइज्जुको प्रयासको प्रशंसा गरेको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र मोहम्मद मुइज्जुबीच हुने भेटलाई उद्धृत गर्दै एस जयशंकरले आफ्नो एकसमा लेखेका छन्, ‘म विश्वस्त छु कि प्रधानमन्त्रीसँग माल्दिभ्सका राष्ट्रपतिको भेटले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ ।’

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : १६ बजे