पाईप पड्किएर २ जनाको मृत्यु

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चनस्थित ८६ हाईड्रो पावर हाउसमा काम गर्ने क्रममा फलामको पाईपमा पानी हाली टेस्ट गर्दा पाईप अचानक पड्किँदा २ जनाको आइतबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा अछाम घर भएका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रे धुलीखेल नगरपालिका-५ बस्ने २९ वर्षीय अर्जुन थापा रहेका छन् । पाईप पड्किँदा गम्भीर घाइते भएका उनीहरुलाई प्रभु एयरको हेलिकप्टरद्वारा मिसन अस्पताल ओखलढुंगातर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै घाइते भएका सिरहा औरही गाउँपालिका-२ बस्ने २९ वर्षीय मो.जावेतर राईनलाई उपचारका लागि सिम्रिक हेलिकप्टद्वारा ग्राण्डी अस्पताल काठमाडौं पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  २ : ४७ बजे